0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ/लमजुङको सुन्दरबजार नगरपालिका बाट भ्रष्टाचार बिरुद्धकाे नागरिक अभियान सुरु भएको छ । लायन्स क्लब अफ सुन्दरबजारकाे अायाेजना र मातृभूमि बहुमुखी क्याम्पस सुन्दरबजार चेम्बर अफ कमर्सकाे सह-अायाेजनामा कार्यक्रम गरिएको हाे । सुशासन तथा नागरिक चेतना बिषयक अन्तरक्रिया कार्यक्रमका कार्यक्रम प्रस्ताेता अधिवक्ता सुदर्शन जाेशिले मुलुकमा भ्रष्टाचार बढ्नुकाे कारण यसकाे समाधानका उपायबारे स्पष्ट रुपमा जानकारी दिनुभयो । सार्वजनिक पद धारण गर्ने हरु जिम्मेवार , जवाफदेही , पारदर्शी र जनमुखी हुन नसक्नु र अाम नागरिक हरुले पनि अाफ्नाे सार्वजनिक सराेकारकाे कुनै पनि बिषयमा सुचना माग्ने र पाउने अधिकार सुरक्षित छ भन्ने बारेमा जानकारी नहुँदा अनियमितता र भ्रष्टाचारले माैलाउने अवसर पाएकाे तर्क गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ सुन्दरबजारका अध्यक्ष बिश्नु कुमार श्रेष्ठले सुशासनको अभियान पहिले अाफुबाटै सुरुवात गर्नुपर्ने धारणा राख्नुभयाे । नागरिक हरुलाई सचेत बनाउदै अभियान अगाडि बढाउने कुरामा अाफु सक्रियताका साथ लाग्ने र त्यसमा सबैको साथ सहयोग र समर्थन रहने अासा ब्यक्त गर्नुभयो । अभियान सुरुवात हुनु सुखद कुरा हाे र हरेक सचेत नागरिक हरुले यसमा साथ दिनेछन् र यसलाई जिल्लामा साथै देशब्यापि बनाउनुपर्छ उहाँको भनाइ छ । कार्यक्रममा साहित्यकार यबं समाजसेवी चिति निवासी ज्ञानसाली पन्तले अाफ्नाे ३४ बर्षकाे सरकारि जागिरको क्रममा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र अाफु सधैं भ्रष्टाचार बिरुद्धमा रहेको बताउनुभयो । मातृभूमि क्याम्पसका सहायक प्रमुख बालकृष्ण अधिकारीले भ्रष्टाचार नियन्त्रणका लागि नागरिक सबैले अा – अाफ्नाे जिम्मेवारी पूरा गर्न सक्नुपर्ने बताउनुभयो ।

समाजसेवी भुमिनन्दन तिमिल्सिनाले भ्रष्टाचार बिरुद्ध अावाज उठाउदा अाफु एक्लै भएको भन्दै सबैकाे साथ मिले भ्रष्टाचार बिरुद्धकाे अभियानमा नेतृत्वकाे भुमिका समेत निर्वाह गरेर सक्रियता साथ अघि बढ्ने बताउनुभयो । लायन्स क्लब अफ सुन्दरबजारका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र शर्माले भ्रष्टाचार बिरुद्धकाे अभियानले सफलता प्राप्त गर्ने बताउनुभयो जब नागरिक सचेत हुन्छन् तब भ्रष्टाचारको अन्त्य हुन्छ । कार्यक्रममा बुद्ध कम्युटरका प्राे. प्रमाेद अधिकारी , सुन्दरबजार रेडक्रस कार्यवाहक अध्यक्ष सावित्री जाेशि लगाएतले समेत अाफ्नाे धारणा राख्नुभएको थियोे । लायन्स क्लब अफ सुन्दरबजारका अध्यक्ष बिश्नु कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन प्रथम उपाध्यक्ष ज्ञानेन्द्र शर्माले गर्नुभएको थियोे । यसैबीच सुन्दरबजारको मातृभूमि क्याम्पसमा सुन्दरबजार नगरपालिका वडा नं ७ का अध्यक्षकाे अध्यक्षतामा बिहान एक कार्यक्रम अायाेजना गरि बिद्यार्थी हरुमा याेग प्रयोगशाला तथा मनाेसामाजिक परामर्श बारेमा प्रशिक्षक सुदर्शन जाेशिले प्रशिक्षण दिनुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।