0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ/ जन्मदिनमा बृक्षराेपण अभियानका सक्रिय सहयोगी अभियान्ता , लिस्नाे साहित्यिक मञ्च लमजुङका संस्थापक सदस्य , ठाडाेभाका लाेककला प्रतिष्ठान नेपालका सदस्य , बिद्याविकास बाेर्डिङ स्कुलका शिक्षक भारतकाे दार्जिलिङ निवासी सहयोगी भावनाका धनी नाेर्देन तामाङले अाफ्नाे जन्मदिनको अवसरमा बृक्षराेपण गर्दै सम्पूर्ण बिद्यार्थीहरु लाई बृक्षराेपण अभियानमा सहभागी हुन अाग्रह गर्नुभएको छ ।

वातावरण सन्तुलन , नेपाली माैलिक संस्कृतिकाे संरक्षण , फलफूल जडिबुटी उत्पादन र निशुल्क उपभाेग र शान्ति एकता मेलमिलाप सद्भावकाे कामना गर्दै लमजुङको बेसीशहर बाट २०७५ साल मंसिर २९ बाट सुरु भएको जन्मदिनमा बृक्षराेपण अभियान राम्रो भएकोले अाफुले ऐक्यबद्धता स्वरुप जन्मदिनमा बृक्षराेपण गरेको बताउनुभयो । नेपालमा मात्रै हाेईन भारतकाे दार्जिलिङमा समेत अभियानकाे प्रचारप्रसार गरेर याे अभियानमा सक्रिय सहयोगीकाे भुमिका निर्वाह गर्ने तामाङले बताउनुभयो । बिग्रेको वातावरण जाेगाउन , नेपाली माैलिक संस्कृति जाेगाउन अभियानले ठुलो भुमिका खेल्ने हुनाले यसलाई सबैले सहयोग गर्नुपर्ने उहाँको धारणा थियोे । यसैबीच सिद्धार्थ बैंक लिमिटेड बेसीशहर शाखा परिवारले पनि अाजै कर्पाेरेश्वाे मन्दिर परिसरमा बृक्षराेपण कार्यक्रम अायाेजना गरेको बैंकको एक कर्मचारी एक बृक्षराेपण कार्यक्रम अन्तरगत कार्यक्रम अायाेजना गरिएको हाे ।

जन्मदिनमा बृक्षराेपण अभियान कार्यक्रममा लिस्नाे साहित्यिक मञ्च लमजुङका पदाधिकारी, सिद्धार्थ बैंक लिमिटेड बेसीशहर शाखा परिवार , बिद्याविकास बाेर्डिङ स्कुलका जुनियर रेडक्रसका बिद्यार्थी हरु लगाएत शिक्षक बिद्यार्थी साहित्यकार लगाएतकाे उपस्थिति थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।