0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ/ वातावरण सन्तुलन , नेपाली माैलिक संस्कृतिकाे संरक्षण , फलफूल जडिबुटी उत्पादन निशुल्क उपभाेग र शान्ति एकता सद्भावकाे कामना गर्दै सुरु भएको जन्मदिनमा बृक्षराेपण अभियान व्यक्तिगत संस्थागत तरिकाले अाफ्नाे निवास परिसरमा ,पार्क , जंगलमा विरुवा राेपेर अगाडि बढाईए पनि हिमालयन टेलिभिजन मा कार्यरत संचारकर्मि यबं शिक्षिका सृजना घिमिरेले अाफुले पढाउने बिद्यालय परिसर यशाेब्रम्हा प्र. मा. बि बेसीशहर ३ बाहुनबेशिमा बृक्षराेपण गरेर जन्मदिन मनाउनु भएको छ ।अब सम्पूर्ण बिद्यालय हरुमा याे अभियान अगाडि बढाउन अग्रसर भएर लाग्ने बताउनुभयो ।

लिस्नाे साहित्यिक मञ्च लमजुङकाे सदस्य समेत रहेकि घिमिरेले बिद्यालय परिसरमा सम्पूर्ण बिद्यार्थी र शिक्षकहरुकाे उपस्थितिमा बृक्षराेपण गर्दै वातावरण सन्तुलन र नेपाली माैलिक संस्कृतिकाे संरक्षणमा अभियानले महत्त्वपूर्ण भुमिका खेलेकाेले याे अभियानमा अाफ्नाे ऐक्यबद्धता रहेको बिचार ब्यक्त गर्नुभयो । बिद्यार्थी हरु लाई अाफ्नाे संस्कृति नभुल्न समाज परिवर्तन गर्न महत्त्वपूर्ण भुमिका खेल्ने यस्ता अभियानमा साथ सहयोग र समर्थन जनाउन अाग्रह गर्नुभयो । अाफु बिद्यालयकाे एउटा शिक्षक , संचारकर्मि र साहित्यमा पनि रुचि राख्ने भएकोले याे अभियान अाफुलाई मन परेको र अभियानकाे सहयोगी अभियान्ता भएर सक्रियताका साथ रचनात्मक काममा अगाडि बढ्ने कुरा उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।