0 COMMENTS

काठमाडौं, साउन १९
पूर्वयुवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश, अन्तर्वार्ता र लेख समावेश भएको पुस्तक ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक गरेकी छन्।आइतबार हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो पुस्तक सार्वजनिक गरेकी हुन्।उक्त पुस्तक प्रारम्भमा २ हजार प्रति छापिएको छ। सोमध्ये ट्रष्टले ५ सयप्रति बिक्री गर्ने र साे रकम हिमानी काेषलाइ प्रदानगर्ने उक्त पत्रकार संम्मेलनमा जानकारी गराइएकाे थीयाे । सो पुस्तकबाट प्राप्त रकम सामाजिक कार्यमा खर्चिने ट्रष्टले जानकारी दिएको छ।

हिमानी ट्रष्टले महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, भूकम्प पीडित, बाढी पहिरो पीडित लगायतलाई सहयोग गर्दै आएको छ।

[view_video url=”xvkeiJ4aDDo”]

राजा भइकन शाहले २०५८ देखि २०६२ सालसम्म जारी गरेका सन्देश, मिडियामा दिएका अन्तर्वार्ता उक्त संग्रहमा समावेश छन्। शाह आफैंले ‘आफ्नो अन्तर्मनको मेरो स्पन्दन’ शीर्षकमा एउटा लेख पनि त्यहाँ छापिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।