0 COMMENTS

काठमाडौं । दशैंको छेको पारेर नेपाल वायुसेवा निगमको वाइबडी विमानले नेपाली समुदाय अत्यधिक भएको जापानको राजधानी टोकियोलाई लक्षित गर्दै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा दुइटा चार्टर उडान गर्ने भएको छ ।

असोज ९ र १५ गते हुने दुइटा चार्टर उडान नेपाली ट्राभल कम्पनी सुमेघ टुर्स एन्ड ट्राभल्र्सले गर्न लागेको हो । यी नियमित उडान होइनन् । सुमेघले निगमको वाइड बढीको प्रतिघण्टाको भाडा दरमा लिई उडान गर्न लागेको हो ।

जापानको नारिता नेपला वायुसेवा निगमको पहिलो अवतरण हुनेछ । १२ वर्षअघि निगम चीनको सांघाईमा टेकेर काठमाडौँ–ओसाका–काठमाडौँ उडान गर्थ्यो ।

राजधानी टोकियोदेखि ओसाका कम्तिमा ६ सय किलोमिटर दुरीमा पर्छ । यी दुई सहरको सडक यात्रा गर्न साढे ७ घण्टा समय लाग्छ ।निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार पहिलो उडान असोज ९ गते राति साढे ९ बजे नेपालबाट उड्ने समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।