0 COMMENTS

वि.सं. २०७६ आषाढ २५ गते बुधबार तदनुसार ई. सं. २०१९ जुलाई १० तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : बुधाष्टमी व्रत, गोरखकाली पूजा, आजको मूहुर्त : कर्णवेध(कान छेड्ने), पसल थाप्ने, वस्त्राभरण(गुन्युचोलो), डेरा सर्ने, कलशचक्र, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) अष्टमी तिथि, बिहान ०७:०३ बजेसम्म, त्यसपछि नवमी तिथि, चित्रा नक्षत्र, साँझ ०८:११ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा कन्या राशिमा, बिहान ०८:४६ बजेसम्म, त्यसपछि तुला राशिमा, शिव योग, दिउँसो ०२:३३ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा बब करण बिहान ०७:०३ बजेसम्म, त्यसपछि बालब करण साँझ ०६:०५ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१७ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी २१ पला (१३ घण्टा ४४ मिनेट, रात्रीमान : २५ घडी ३९ पला (१० घण्टा १६ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो १२:०९ देखि ०१:५२ सम्म, यमघण्ट : बिहान ०७:०० देखि ०८:४३ सम्म, गुलिक काल : बिहान १०:२६ देखि १२:०९ सम्म, काल वारवेला : बिहान ०८:४३ देखि १०:२६ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान ०५:१७ देखि ०७:०० सम्म र साँझ ०५:१८ देखि ०८:१८ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ । गृहिणीहरूले पतिको सामीप्य प्राप्त गर्ने समय छ, प्रेमभाव र प्रणयसुखका लागि अनुकूल समय छ । बेलुकीपख मन चञ्चल बन्नसक्छ । विद्यार्थीहरू तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिनको सुरुवातमा बौद्धिक क्षेत्र राम्रो देखिन्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । रिसको कारणले असर पुर्याउने सम्भावना पनि देखिन्छ । प्रेमीप्रेमिकाका बीचमा खटपटी बढ्ने सम्भावना छ । खासगरी किशोर/किशोरीहरूमा छटपटी र असन्तुष्टि बढ्ने छ । आज प्रायः सबैमा आवेश र चिडचिडेपन हाबी हुने समय हो, तर कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद नगर्नु होला । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । उदयकालको चतुर्थ चन्द्रमाका कारण सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । विद्यार्थीहरू ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित हुनेछन्, अन्यले पनि कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । गृहस्थीजनहरूमा छोराछोरीका क्रियाकलापबाट उमङ्ग र हर्षको सञ्चार हुनेछ । प्रायः सबैको आत्मबल र निर्णय क्षमतामा बृद्धि हुने भएकाले आफैंलाई सन्तुष्टि प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सुरुमा तेस्रो भावमा चन्द्रमा रहेकाले सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट चौथो घरमा पुग्ने चन्द्रमाको प्रभावले असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् । अभिभावक वा गुरुजनले आफ्ना कुरा नबुझिदिएकाले छात्रछात्राले खिन्नता मान्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक/सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । गृहिणीहरूका लागि आत्मीयजनहरूसँग भेटघाट हुने समय छ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । विद्यार्थीहरूका लागि अभिभावक, गुरुजन र मान्यजनको सहानुभूति मिल्नेछ । कतै रमाइलो यात्रा हुनसक्छ, जसबाट नयाँ विषयको ज्ञान मिल्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज प्रायः सबैको दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । गृहस्थी व्यक्तिहरूका लागि कुटुम्बपक्ष, चेलीबेटी र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । बन्दव्यापारमा फाइदा छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । आज साँझ आकस्मिक आम्दानीको योग छ । खानपान र घरायसी प्रयोजनमा खर्च बढ्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अब विद्यार्थीहरूले अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति गर्ने समय छ, त्यस्तै कारोबारीहरूका लागि समेत पेसा र व्यवसायबाट लाभ मिल्नेछ । गृहिणीहरूको मनमा देखिएको शंका निवारण हुने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिउँसो बाह्रौं भावमा चन्द्रमा जाने भएकाले दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । आज विद्यार्थीहरूमा विशेष ज्ञानको उदय हुनसक्छ, पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । कर्मचारीहरूको कामप्रति लगनशीलता बढ्ने छ । तर मध्याह्नपछि समय धमिलिन सक्छ, एकातिर व्यवहारिक र दैनिक कामकाजको चाप बढ्ने समय छ भने गरेका काममा अवरोध आउने सम्भावना छ । गृहिणीहरूका झर्कोफर्को र रिसराग बढ्ने समय हो, तर प्रतिशोधको भावना त्याग्नु राम्रो हुन्छ । घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुनसक्छ । व्यवसायीहरूमा घुमघाम, परोपकार र दानपुण्यमा मन आकर्षित हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज जोखिम हुने काममा हात नहाल्नु राम्रो हुन्छ । सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुने सम्भावना छ, तर आफ्नै क्रियाकलापले नकारात्मक असर पर्न सक्छ । तपाईंले गर्नु भएको बाचा पूरा गर्न सङ्घर्ष गर्नुपर्ने दिन हो । बन्धुबान्धव र दाजुभाइले कामधन्दामा सहयोग नै गर्नेछन् तर बन्नै लागेको कुनै काममा अवरोध आउन सक्छ, विवेकी भई लगनशीलता देखाउनु पर्छ । प्रेम तथा प्रणयसम्बन्धका लागि काम र व्यवहारको चापले गर्दा समय छुट्याउन सकिंदैन । त्यस्तै यात्राबाट पनि भनेजस्तो नहुनसक्छ । छात्रछात्रा र किशोर उमेरका व्यक्तिको मनमा वैराग्य र निराशाका भावना पलाउन सक्छन्, तर आज मातापिता र मान्यजनको सल्लाहमा गरिएको काममा सफलता पाउने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज प्रातःकालमा विशेष गरी गृहिणीहरूको मन धर्म, दर्शन र अध्यात्मतर्फ आकर्षण हुनेछ । तर आज पूर्वाह्नदेखि नै कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले अब व्यवहारिक जिम्मेवारी, बन्दव्यापार वा कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । आम्दानीमा कमी आउने छैन । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । विद्यार्थी, प्रतियोगी र प्रतिस्पर्द्धीका लागि कर्मसिद्धिको समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । खासगरी गृहिणीहरूको दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । प्रायः सबैका लागि स्वास्थ्य सबल हुने, काममा सफलता मिल्ने र भाग्यबल बढ्ने दिन छ, आजबाट रोकिएका काम पुनः बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा राम्रो आम्दानी गर्न सकिन्छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुरुमा सातौं भावमा भए पनि मूल रूपमा आज आठौं भावमा चन्द्रमा रहने दिन छ । त्यसैले प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन, आहारविहारप्रति सचेतता अपनाउनु पर्छ । निरर्थक यात्राको योग छ, खासगरी लामो दूरीको यात्रामा निस्कनु राम्रो हुँदैन । गृहिणीहरूको पति, कर्मचारीको हाकिम र छात्रछात्राको गुरुजन असन्तुष्ट बन्ने समय हो । त्यसैले हरेक क्रियाकलापमा सतर्क भई व्यवहार गर्नुपर्छ । आज मानसिक उद्वेगले सताउने समय छ, त्यस्तै झिनामसिना घरायसी कामको चाप बढ्ने छ ।

 

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।