वि.सं. २०७६ आषाढ २० गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुलाई ०५ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको मूहुर्त : चूडाकर्म(छेवर), आषाढ शुक्लपक्ष (दिल्लाथ्व) तृतीया तिथि, साँझ ०६:५३ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, पुष्य (तिष्य) नक्षत्र, बिहान ०५:२० बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, मध्यरात्रीपछि ०३:४६ बजेसम्म, त्यसपछि सिंह राशिमा, हर्षण योग, बिहान ०८:१२ बजेसम्म, त्यसपछि वज्र योग, सुरुमा तैतिल करण बिहान ०८:०४ बजेसम्म, त्यसपछि गर करण साँझ ०६:५३ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१५ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी २६ पला (१३ घण्टा ४७ मिनेट, रात्रीमान : २५ घडी ३४ पला (१० घण्टा १३ मिनेट)
आजका लागि अशुभ समय :–
राहु काल : बिहान १०:२५ देखि १२:०८ सम्म, यमघण्ट : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म, गुलिक काल : बिहान ०६:५८ देखि ०८:४१ सम्म, रोग वारवेला : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो १२:०८ देखि ०१:५१ सम्म, अमृत वारवेला : बिहान ०८:४१ देखि १०:२५ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्दा बिग्रेको काम बन्न सक्छ । परिवारजनमा आत्मीयता बढ्ने छ र मन हलुको हुनेछ । मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ, तर्क र विवादमा विजय प्राप्त हुनेछ । कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुने छ । करकुटुम्ब तथा नातागोताको काममा सहयोग गरिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राशिमा चन्द्रमा छ, हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीको ढाकछोप गरी अघि बढ्ने अवसर प्राप्त हुनेछ । लाभमूलक कामको आश्वासन पाइनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सोचेको काम बनाउन समय र धन दुबै पक्षमा अनावश्यक खर्च बढ्न सक्छ । व्यवसायमा थप लगानी बढाउन उपयुक्त समय छैन । लामो दूरीको यात्रा र वैदेशिक कामकाजमा पनि भनेजस्तो फाइदा लिन सकिंदैन, धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ । मन आलस्य, डर र चिन्ताले जरो गाड्ने छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पतिपतगबिीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । दण्ड वा जरिवानामा परिने सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । आर्जन गरिएको रकम सदुपयोग गरिने छ वा सञ्चय हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ । घरायसी सम्बन्ध सुदृढ बन्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भाग्यमा चन्द्रमा रहेकाले अभिभावकको आशीर्वादले काम गर्न सक्छ । पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । भाग्य चम्किने समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने हुनसक्छ । स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ, स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुनसक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । नयाँ ज्ञान सिक्ने अनुकूलता मिल्नेछ । परिवारका सदस्यहरूसँग आत्मीयभावमा बृद्धि हुनेछ । प्रेमसम्बन्ध सुदृढ बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हाँकेका र ताकेका काममा चुनौती र प्रतिस्पर्धा गर्नु परे पनि सफल भइने छ । शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । कामको चाप बढ्ने छ, तर बेफाइदा हुँदैन । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्नो क्षेत्र र विषयवस्तुमा अरूले अधिकार जमाउन चेष्टा गरे पनि सफल हुने छैनन् । सरकारी र राज्यपक्षको काममा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । ज्ञान र बुद्धिको उपयोग हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)