काठमाडौं १५असार/ एसइई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई चन्द्रागिरी १२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी सदिक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन्।
परिवारलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काले एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने बताए। प्रहरीका अनुसार उनको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न पठाइएको छ। बलम्वु माध्यमिक विद्यालयबाट पौडेलको एसइईमा जिपिए ३.६ आएको थियो।
प्रतिक्रिया दिनुहोस्