0 COMMENTS

काठमाडौं १३असार । १६ औं राष्ट्रिय धान दिवसकाे अबसरमा  बुढानिलकण्ठ नगरपालिका वडा नंः१० काे अायाेजना तथा युवा सञ्जाल बुढानिलकण्ठ -१० काे संयाेजनमा भाेली २०७६ असार १४  गते  शनीवार बुढानिलकण्ठ नगरपालिका वडा नंः१० काे बालुवाखानी(साप्रेढुङ्गा,कपन)मा धान राेपाइ कार्यक्रमकाे अायाेजना गरेकाे छ ।

कला संकृतीकाे जगेर्ना गर्ने र असार १५ गतेकाे  राष्ट्रिय धान दिवसलाइ भब्यताका साथ मनाउने उदेश्यले १४ गते शनिवार बिदाकाे दिन पारेर वडाले उक्त कार्यक्रम राखेकाे  बुढानिलकण्ठ नगरपालिका वडा नंः१० का वडा अध्यक्ष  नवराज भट्टराइले बताएकाछन ।

कार्यक्रमकाे  बिशेष अाकर्षकमा दहि चिउरा सहित दिनानु दिन लाेपहुदै गएकाे असारे भाकाकाे लाेक दाेहाेरी गीत ,कमेडी शाे लगाएत बीभीन्न संगीतीक कार्यक्रम  गरीने छ । कार्यक्रम बिहान ११ बजे देखी बेलुका ५ बजे सम्म हुने छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय बैठकले असार १५ गतेलाई धान दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

मुठ्ठी रोपेरर मुरी उत्पादन गर्न असार १५ गते धान रोपिन्छ। गाउँघरमा हतार चटार गरेर भएपनि धेरै किसानले असार १५ गते धान रोप्ने गर्छन्। त्यसैले यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाईदैँ आएको छ।

यस बर्ष नेपाल सरकारले भने यस बर्षकाे १६ औं राष्ट्रिय धान दिवस बर्दियामा मनाउने भएको छ। ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मुल नाराका साथ  १६ धान दिवस मनाइन लागेको हो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।