0 COMMENTS

१२ असार, काठमाडौं । नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा एक साताअघि आफूलाई धर्ती माता बताउने महिलाले एक  युवतीलाई यातना दिएको विषयकाे बिभीन्न सामाजीक संन्जालहरूमा कुराउठेपछी प्रहरीले अनुसन्धान थालेको छ ।

सामाजिक सञ्जालमा महिलाले युवतीलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानविन सुरु गरेको हो ।

अनुसन्धान अधिकृतका अनुसार त्यसरी कुटपिट गर्ने महिला बुटवलकी विष्णु कुँवर भएको खुलेको छ । प्रहरीले उनीसँग टेलिफोनमा सम्पर्क पनि गरिसकेको छ । तर, उनले आफू बसेको ठेगाना भने बताएकी छैनन् ।

‘हामीले उनलाई पनि कार्यालयमा बोलाइसकेका छौं’, काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘अब पीडितको पहिचान भएपछि थप कारबाही अघि बढ्छ ।’ कुँवरबाट पीडित महिलालाई नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

‘पीडितको जाहेरीपछि हामीलाई कानुनी कारबाहीका लागि सहज हुन्छ’, उनले सुनाए, ‘भिडियोमा देखिएको बाहेक अन्य कोही पीडित हुनुहुन्छ भने पनि सम्पर्कमा आउनु होला ।’

भिडियोमा कुँवरले युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’ भनेर गाली गरेका छन् । उनले ‘तेरो मासु खाम्ला, मलाई चिन्’, जस्ता शब्दको पनि प्रयोग गरेकी छन् । भिडियोमा दुई प्रहरी अधिकृत पनि देखिएका थिए ।

अनुसन्धान अधिकृतले ती प्रहरी भीड नियन्त्रणका लागि त्यहाँ खटिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा भने युवतीमाथि आक्रमण भइरहँदा प्रहरी र अन्य सर्वसाधारण मौन बसेको भन्दै आलोचना भएको थियो ।

अघिल्लो वर्ष १ भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरेको छ ।कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था पनि गरिएको छ ।अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।