0 COMMENTS

चितवन १२असार। भरतपुरमा मोटरसाइकल दुर्घटना हँदा दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ भरतपुर १८ भेटघाट चोकस्थित बाबुराम चोकबाट भेटघाट चोकतर्फ गइरहेको ना ५३ प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ग ९ प ११८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुवै सवारी चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १८ का २८ वर्षीय रामचन्द्र गौडाल र १७ वर्षीय राजन भट्ट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । उनीहरुको उपचारका क्रममा बुधबार बेलुकी मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।