0 COMMENTS

काठमाडौं०८असार । भारतको राजस्थान सरकारले पशुपतिनाथको दर्शन गर्न जाने राज्यभित्रका ज्येष्ठ नागरिकको सबै खर्च बेहोर्ने निर्णय गरेको छ । राजस्थान सरकारले बिहीबार जारी गरेको औपचारिक विज्ञप्तिमा नेपालको पशुपतिनाथसहित तीन वटा धार्मिक गन्तव्य जाने ज्येष्ठ नागरिकको सबै खर्च बेहोर्ने उल्लेख गरिएको छ ।

राजस्थान सरकारको पर्यटन तथा देवस्थान मन्त्रालयले राज्यभित्रका ६५ वर्ष र सोभन्दा माथि उमेरका नागरिकलाई सो सुविधा दिने निर्णय गरेको हो । सरकारले घोषणा गरेको अन्य दुई धार्मिक स्थलमा उत्तराखण्डको देहरादून र पश्चिम बंगालको कोलकत्ताका धार्मिकस्थल रहेका छन् । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।