0 COMMENTS

धनुषा०५असार/ धनुषामा ९ वटा ग्यास सिलिण्डर विस्फोट हुँदा तीन घर जलेका छन् । शुक्रबार बिहान भएको उक्त विस्फोटका कारण जनकपुरधाम उपमहानगरपालिका २ कदम चोकका रहेका ठाकुर मिष्ठान भण्डार, गोबिन्द मिष्ठान भण्डार र एक भोजनालय संचालन भएका तीन वटा घरहरु जलेर नष्ट भएको धनुषा प्रहरीले जनाएको छ ।

सुरुमा गोबिन्द मिष्ठान भण्डारमा बालिएको सिसिलण्डर ग्यास विस्फोट भएपछि छेउछाउमा रहेका अन्य घरहरुको सिलिण्डर पालैपालो पड्कीएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । विस्फोटपछि भएको आगोलागीका काराण तीनैवटा घर पुर्ण रुपमा नष्ट भएका छन् । यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

विहानै ठुलो आवाजमा श्रृङ्खलाबद्ध रुपमाले विस्फोटको आवाज सुन्दा स्थानीय त्रसित भएका थिए । आगोलागीबाट के केति क्षति भयो भन्नेबारे पुर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।