0 COMMENTS

एजेन्सी०३असार । चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ भने १ सय २२ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार सोमबार राति १०ः५५ बजे पहिलो पटक ६ रेक्टर स्केलको भूकम्प गएको थियो भने उक्त भूकम्पको पराकम्प मंगलबार बिहान ५.३ रेक्टर स्केलको गएको चीनको भूकम्प मापन केन्द्र (सीईएनसी)ले जनाएको छ ।

चान्गिन्ग काउन्टीमा दुई जना अझै फसिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको उद्धारकर्ताले जनाएका छन् । प्रान्तीय राजधानी चन्गदूमा भूकम्प चेतावनी प्रणालीले भूकम्प आउनुभन्दा एक मिनेट पहिले सर्तक गराएको थियो ।यसलगत्तै भूकम्पको झट्का महसुस गरिएको थियो । चीनको आपतकालीन प्रबन्धन मन्त्रालयले राहत वितरण कार्य शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।