आज वि.सं. २०७६ ज्येष्ठ ३१ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुन १४ तारिख, आजको चाडपर्व र उत्सव : शुक्र प्रदोष व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), अक्षरारम्भ, गृहप्रवेश, वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, कलशचक्र, ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि, दिउँसो ०४:०३ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, स्वाती नक्षत्र, दिउँसो ११:१६ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, आजको चन्द्रमा तुला राशिमा, मध्यरात्रीपछि ०४:५० बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, शिव योग, मध्यरात्रीपछि १२:३८ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा बालब करण दिउँसो ०४:०३ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०३:२३ बजेसम्म, अन्तिममा तैतिल करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५८ बजे
आजको राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : बिहान १०:२१ देखि १२:०४ सम्म, यमघण्ट : दिउँसो ०३:३१ देखि ०५:१५ सम्म, गुलिक काल : बिहान ०६:५४ देखि ०८:३७ सम्म
आजको वारवेला :–
चर वारवेला : बिहान ०५:१० देखि ०६:५४ सम्म, साँझ ०५:१४ देखि ०८:१५ सम्म र मध्यरात्रीपछि ०३:५४ देखि ०५:१० सम्म, रोग वारवेला : दिउँसो ०१:४८ देखि ०३:३१ सम्म र साँझ ०८:१५ देखि ०९:३१ सम्म, काल वारवेला : बिहान १०:२१ देखि १२:०४ सम्म र बेलुका ०९:३१ देखि १०:४८ सम्म, लाभ वारवेला : बिहान ०६:५४ देखि ०८:३७ सम्म र बेलुका १०:४८ देखि १२:०४ सम्म, उद्वेग वारवेला : दिउँसो ०३:३१ देखि ०५:१५ सम्म र मध्यरात्रीपछि १२:०४ देखि ०१:२१ सम्म, शुभ वारवेला : दिउँसो १२:०४ देखि ०१:४८ सम्म र मध्यरात्रीपछि ०१:२१ देखि ०२:३७ सम्म, अमृत वारवेला : बिहान ०८:३७ देखि १०:२१ सम्म र मध्यरात्रीपछि ०२:३७ देखि ०३:५४ सम्म
आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज काम बिग्रने डरले सताइरहने दिन हो । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपतगबिीचको दूरी बढ्ने योग छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला ।