0 COMMENTS

ईटहरी २४जेष्ठ / माेरङकाे केरावारी गाँउपालिका ९ का एक युवकको घरको छतबाट लडेर मृत्यु भएको छ । बिहीबार राति निर्माणधिन घरको छतबाट खस्दा ३५ वर्षीय युवराज राइको मृत्यु भएको हो ।

छतबाट तल खस्दा उनी इटा तथा रड राखेको ठाँउमा बझारिएका थिए । राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीभएकाले रातको समयमा छतमा सुतेका राई पिसाब गर्न छेउतिर जाँदा लडेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राइले बताए ।केही वर्ष अघि श्रीमतीसँग सम्बन्ध विच्छेद गरी आमासँग बस्दै आएका राई मदिरा सेवन गरी सुतेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।