0 COMMENTS

राजविराज १९जेष्ठ/ बिहीबार राती असिना पानीसँगै आएको हावाहुरी सप्तरीको पश्चिम दक्षिणसहित विभिन्न भेगका वस्तीका घर, फर्ममा व्यापक क्षति पु¥याएको छ । सो राती करिब १० बजेको समयमा आएको हावाहुरीले जिल्लाको खडक नगरपालिका र बोदेबरसाइन नगरपालिकाका गरी करिब तीन दर्जन भन्दा बढीको घरको छाना उडाएका छन भने आधा दर्जन भन्दा बढी कुखुरा फर्ममा व्यापक क्षती पुगेको छ ।

हावाहुरीले खडक नगरपालिका ११ लालपुरमा मिस्टर साहको तीन घरको जस्ताको छाना उडाएर लगेका छन । उहाँले सञ्चालन गरेको कुखुरा फर्मको छाना उडाउनुकोसाथै एक हजार ब्रोइलर कुखुरा र एक हजार चल्ला समेत हावामा उडेको पीडितले बताइएको छ । त्यस्तै अनिल साहको दुई वटा कुखुरा फर्मको छाना उडाएर करिब तीन सय मिटर टाढा पु¥याएका छन भने फर्ममा रहेको पाँच सय चल्ला समेत हावाहुरीले उडाएर लगेको बताइएको छ । उक्त स्थानमा शिबु साहको दुई वटा कुखुरा फर्मको छाना र सात सय चल्ला हावाले उडाएको उहाँले जानकारी दिनुभयो ।

सोही वार्डका लखन रामको तीन घर, देबु साहको दुई, छोटु मण्डलको दुई, श्रवण साहको एक, दानावती देवीको दुई, अरुणकुमार साहको एक घर र एक पसलको जस्ताको छाना उडाएका छन । त्यसैगरी हरेराम साहको दुई, बिनोद साहको एक, रेशमलाल रामको एक, नारायण रामको एक, शंकर रामको एक घरको छाना उडाएका छन ।
त्यसैगरी जिल्लाको बोदेबरसाईन नगरपालिका ५ बरसाइन बजार स्थित राजकुमार यादव भनिने बिरेन्द्र यादवको दोश्रो तल्लामा भएको जस्ताको छाना उडाएर ढाढा पु¥याएको छ । उहाँको गोदाम, झागिर मियाँ लगायतले विभिन्न पसलको छाना उडाएका छन । बोदेबरसाइन नगरपालिका १० अमरैयामा बेचु साह, पवन साह, रोशन साह लगायत एक दर्जन बढी घरमा क्षति पुगेको छ ।

हावाहुरीले घर भत्काउदा, छाना उडाउदा दुई÷तीन घर परिवारलाई खुल्ला आकाशमुनी बास बस्नु पर्ने अवस्था छ । खडक नगरपालिका ११ लालपुरका लखन रामको तीन वटै घरमा भएको अलबेस्टरको छाना उडाएर आँगनभरी यत्रतत्र टुक्राहरु छन । राती हावाहुरी चलिरहेको थियो, उहाँले भन्नुभयो, विजुली बत्तीपनि गयो । चारैतिर अन्ध्यारो नै भयो । घरको अबलेस्टर, बालो चुडिरहदा क्र्याकक्रुक आवाज निस्किन्थ्यो । केही टुक्राहरु जीउमै बजारे, चोट पनि लाग्यो । अब अहिले पैसा छैन, कहाँबाट छाना हाल्ने । अहिलेसम्म न वार्ड अध्यक्ष, न नगरप्रमुख, न प्रहरी हेर्न आएको छ ।

बोदेबरसाइन नगरपालिका ७ बरसाइन टोल बस्ने विर्जु मंडल, चन्देश्वरप्रसाद यादव, विरेन्द्रप्रसाद साह, संजिव मंडल, दिलिप यादवको घरको जस्ता एलबेस्टरको छाना उडाएको छ । यस्तै वार्ड नं. ६ का श्रवन साह, राधादेवि साह, सुर्यनारायण साह, निरसि देवि रायको घरको जस्ता छानामा क्षति गरेको छ ।हावाहुरीले रुपनी गाउँपालिका ५ बिसपिट्टिका शिव नारायण खङ्ग, महदेवा गाउँपालिका १ पकरीका शिवनारायण यादवको जस्ताले छाएको गाईगोठ पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोदेबरसाइन, रुपनी र महदेवामा हावाहुरीले कूल सात लाख बराबरको क्षति पुगेको छ ।

यता जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हावाहुरीले जिल्लाको पश्चिम दक्षिण भेगमा व्यापक क्षति भएको जानकारीमा आएको बताउँदै सम्बद्ध स्थानीय तह र प्रहरीलाई विवरण संकलनको साथै बस्तुस्थिति बुझ्न भनेको बताउनुभयो । क्षतिको विवरण तथा वस्तुस्थिति के कस्तो छ, पूरा जानकारी आएपछि मात्र निर्देशिकाले तोकेबमोजिम राहतको व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो ।

रातीदेखि अन्ध्यारो र बाटो अवरुद्ध
हावाहुरीले बिद्युत् पोल ढाल्दा हुलाकी राजमार्ग भएर लालपुर जाने बाटो रातीदेखि नै अबरुद्ध रहेको छ । सो स्थानमा तीन÷चार वटा बिद्युत्को पोल ढलेका छन । यसरी विद्युत्को पोल ढलेपछि उक्त भेगका बस्तीमा शुक्रबारसम्म विद्युत् सप्लाई नभएकोले अन्ध्यारो नै छन । विद्युत् प्राधिकरणको एक टोलीले त्यहाँ पुग्दा पनि पोल नहटाएको स्थानीय मनोज साहले भन्नुभयो, सर्भिस पोल मात्र हटाउने आफुहरुलाई अधिकार भएको उक्त टोलीले बताएर फर्केको कारण बाटो अवरुद्धै रहेको बताउनुभयो । बाटोमा सर्भिस पोल र ११ हजार भोल्टेजका तारसहित पोलहरु ढलेका छन ।(पुर्बेली न्युज)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।