0 COMMENTS

बासुदेव सेढाइ,१६जेष्ठ/  लमजुङको बेसीशहर नगरपालिका – ११ चिति तिलाहारमा जेष्ठ १८ गते सनिवार सांगीतिक धमाका हुने भएको छ । एपेक्स म्युजिक नेपालकाे अायाेजना र न्यु मेरिगाेल्ड बाेर्डिङ स्कुलकाे सहकार्यमा मेरिगाेल्ड साँस्कृतिक कार्यक्रम २०७६ अायाेजना गरिएको हाे । समाज परिवर्तन र बिकासकाे अाधार सामाजिक कार्यमा लाेकदाेहाेरि कलाकार नारा दिएर गर्न लागिएको कार्यक्रमकाे उद्देश्य निस्वार्थ तरिकाले सामाजिक सेवा रहेको कार्यक्रम संयाेजक सुबास भार्दवाजले जानकारी दिनुभयो ।

कार्यक्रममा चर्चित लाेकदाेहाेरि गायक गायिका प्रेम अर्याल ,डिला बि. क,रबिन लामिछाने ,टीका सानू,अारति खड्का र राजु के शि काे बेजोड प्रस्तुति रहनेछ साथै जिल्लाका स्थानीय कलाकार र पदाधिकारीकाे पनि उपस्थिति रहनेछ । गरिब ईमानदार बिद्यार्थी हरुकाे शिक्षामा सहयोग गर्न मेरिगाेल्ड अक्ष्ायकोष स्थापना र जेष्ठ नागरिकहरु लाई सम्मान कार्यक्रम समेत राखिएको छ ।

समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले कार्यक्रम अायाेजना गरिएको हुनाले सहयोग गर्न सबैलाई कार्यक्रम व्यवस्थापन समितिले अाग्रह गरेको छ । न्यु मेरिगाेल्ड बाेर्डिङ स्कुल परिसरमा हुने कार्यक्रम लाई सहयोग उक्त स्कुलले गर्नेछ भने कार्यक्रम संयाेजक सुबास भार्दवाज र व्यावस्थापक सुमन ढकाल रहनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।