0 COMMENTS

 बासुदेव सेढाइ,१५जेष्ठ/ काठमाडौं काे शंखमुलमा रहेको जगद्गुरु संस्कृत अादर्श गुरुकुलमा पनि जन्म दिनमा बृक्षराेपण अभियान सुरुवात भएको छ । बिश्व वातावरण सन्तुलन, नेपाली संस्कृतिकाे संरक्षण,एक नेपाली बार्षिक न्युनतम एक बृक्षराेपण र जन्मदिनमा बृक्षराेपण नारा दिएर २०७५ साल मंसिर २९ गते लमजुङको बेसीशहर बाट सुरुवात भएको अभियान ऐले देशव्यापी रुपमा अगाडि बढिरहेको छ यसलाई बिश्वब्यापी रुपमा अगाडि बढाउने अभियानकाे लक्ष्य छ । बिश्वमा बढ्दो वातावरण असन्तुलने मानव जीवनमानै गम्भीर संकट पैदा गरेकाेले यसलाई राेक्न जन्मदिनमा बृक्षराेपण अभियान सुरुवात गरिएको हाे । बिश्वका मानव जातीमा शान्ति एकता मेलमिलाप सद्भाव कायम हाेस् भन्ने उद्देश्य समेत अभियानमा जाेडिएकाे छ ।

गरुकुलमा अध्यानरत बिद्यार्थी र गुरुहरुले समेत अभियानले बिश्वमा सकारात्मक सन्देश दिने भन्दै अभियान अगाडि बढाउन अाश्रमकाे तर्फबाट पनि सक्दाे सहयोग गरिने गुरुकुल अाश्रमका सदस्य यबं समाजसेवी अर्पण साधकले बताउनु भयो । एउटा बिरुवा राेपेर हुर्काउनु एउटा मानिसको जीवन दान दिए बराबर हुन्छ भन्दै प्रकृतिको बिनाश राेक्न अभियान फलदायी हुने उहाँको तर्क छ । २०७६ साल जेष्ठ १३ गतेबाट गुरुकुलमा अध्यानरत बिद्यार्थीकाे जन्मदिन पारेर बृक्षराेपण अभियान सुरुवात गरिएको हाे र यसलाई निरन्तरता दिने अाश्रमकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।