0 COMMENTS

काठमाडौं१४/  प्रदेश २ मा रहेका ठूला पुल तथा सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले समयमा काम नगर्दा नागरिकले सास्ती झेल्नुपरेको छ ।
तराई मधेसमा महत्वपूर्ण मानिएको सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीका साथै महोत्तरीको रातो नदी पुल र दुई वटा सडकको ठेक्का लिएको पप्पुले समयमा काम नसक्दा वर्षायाममा हिलो र सुख्खायाममा धुलोले जनजीवन प्रभावित छ ।

सिरहा र धनुषाको सीमा भएर बग्ने कमलानदी र सिरहा सप्तरीको सीमामा बग्ने बलान नदीको पुल ठेक्का लागेको वर्षौ भए पनि अवस्था उस्तै छ ।

५५ करोड रुपैयाँभन्दा बढीको लागतमा ४ वर्षभित्र निर्माण पुरा गर्ने सर्तमा ठेक्का लिएको पप्पुले ९ वर्ष बित्दा पनि काम नसकेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।