0 COMMENTS

काठमाडाैँ१३जेष्ठ/ विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताउनुभयो । आगजनीका कारण गाडीका सबै भाग जलेका छन् ।

यसैगरी बन्दको पूर्ब सन्ध्यामा आज बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो । बम राखेको थाहा पाउने बित्तीकै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको उहाँले बताउनुभयो । सेनाको टोलीले प्रेशसरकुकर बम डिस्पोज गर्दा ठुलो आवाज आउदा स्थानीय वासिन्दाहरु तर्सिएका थिए । बिप्लपको बन्दका क्रममा हेटौंडा बजार पुरै सुनसान बनेको छ । यहाँ कुनैपनि साना ठुला सवारीका साधन चलेका छैनन् भने बजार पनि बन्द रहेको छ ।

पृथ्वी राजमार्गमा राखिएको बम निष्क्रिय

धादिङ जिल्लास्थित थाक्रे गाविसमा पर्ने पृथ्वी राजमार्गमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । महादेबबेसीको आग्रा खोलाको पुल मुनि राखिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।