0 COMMENTS

अछाम, १ जेठ – अछामको मंगलसैन नगरपालिकाको गाडीमा  अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलवार राति करीव २ः१५ बजे पार्किङ गरेर राखिएको अबस्थामानै आगजनी भएको प्रहरीले जनाएको छ ।

रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको छ ।आगजनी कसले गरेको भन्ने पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढंगले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुंगानाले बताए । सोही ठाउँमा पार्किङमा राखिएको टिप्परलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उनले बताए ।
नगर प्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करीब १ वर्षअघि १ करोड २० लाख रुपैयाँमा खरीद गरेको थियो ।गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशंकामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।