0 COMMENTS

लमजुङ२८बैशाख/ लमजुङ जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेका छन् । नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै जिल्लाा यस्ता घटना बढेको बताइएको छ ।

नयाँ कानुनसँगै महिलाजस्तै पुरुषलाई पनि सम्बन्धविच्छेद गर्न सहज भएपछिपुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको जिल्ला अदालतले जनाएको छ । मुद्दामध्ये ४२ पुरुषले दर्ता गरेका छन् । ४२ मध्ये १२ सम्बन्धविच्छेद भइसकेको र ३० मुद्दा बाँकी रहेको श्रेस्तेदार शाखा अधिकृत जगतबहादुर भण्डारीले बताए ।

देवानी संहिता ऐन, २०७४ लागू भएपछि वैशाख २७ गतेसम्म महिलाले १०३ सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको सो मध्ये ७८ मुद्दा फछ्र्यौट भई मिलापत्र गरिएको र २५ बाँकी रहेको बताइएको छ । महिला र पुरुष गरी १४५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ५५ मुद्दाको छिनोफानो हुन बाँकी छ ।

बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवनशैलीको नक्कल, इन्टरनेटको बढ्दो प्रयोग, देखावटीजस्ता कारणले सम्बन्धपिवछेदका घटना बढ्दै गएको जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।