0 COMMENTS

बासुदेब सेढाइ,लमजुङ २१बैशाख/ लमजुङको बेसीशहर नगरपालिका – ११ चितिकाे बुढिकुवामा एक बिशेष कार्यक्रमकाे अायाेजना गरि जनयुद्धका सच्चा सहिद शिवजी तिवारीले साहदत प्राप्त गर्नुभएको १७ अाैं स्मृतिमा स्मृति सभा अायाेजना गरि उहाँको याेगदानकाे उच्च सम्मान गरिएको छ । एक मिनेट सहिद तिवारी प्रति माैनधारण र उहाँको सालिकमा माल्यर्पण गरि गरिएको थियोे  । सहिद शिवजी तिवारी स्मृति समाजले अायाेजना गरेको कार्यक्रममा बाेल्ने सबै बक्ता हरुले उहाँको याेगदान र अाचरणकाे खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि माननीय यबं नेकपा लमजुङ अध्यक्ष मधु अधिकारीले  सहिद तिवारीले देशको ब्यावस्था र अाम नागरिकको अवस्था मा परिवर्तन ल्याउन अाफ्नाे ज्यानको बलिदान दिनुभएको भन्दै सहिदले देखाएको बाटोमा हिड्न सके मात्रै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । मुलुकमा ब्यावस्था परिवर्तन भईसकेकाे अब अाम नागरिकको अवस्थामा परिवर्तन ल्याउने बाँकी कार्यभार पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जाेड दिनुभयो । बिशेष अतिथि बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालले सहिद तिवारीले समाज र सिङ्गै देशको हितकाे लागि अाफ्नाे ब्यक्तिगत पारिवारिक र दलिय स्वार्थ भन्दा माथि उठेर गर्नुभएको याेगदानकाे सबै बाट  उच्च मुल्यांकन गरिएको बताउनुभयो ।

सहिद तिवारिकाे समाज र देशप्रतिकाे निस्वार्थ याेगदान कहिल्यै भुल्न नसकिने धारणा राख्नुभयाे । कार्यक्रमका अतिथि बेसीशहर  नगर कमिटी अध्यक्ष राजकुमार बिष्टले सहिद तिवारीले देखाउनु भएको बाटोमा अाफुहरु लागि रहने बताउनुभयो । नेकपा लमजुङ का नेता कृष्णप्रसाद अधिकारीले सहिद तिवारीकाे सहिद तिवारीकाे असल अाचरण सालिन , भद्र, सहनशीलता , ईमानदारीता काे बारेमा प्रशंसा गर्नुभएको थियोे भने चिति बाट नेपाली कांग्रेस का नेता शम्भु बहादुर जाेशिले सहिद तिवारी लाई अाफुले अत्यन्तै नजिक बाट चिनेको राजनीतिक बिचार फरक भएपनि उहाँ एउटा ईमानदार राजनीतिक ब्यक्तित्व हुनुहुन्थ्यो भन्दै उहाँको जिवनिकाे बारेमा चर्चा गर्नुभयो कार्यक्रममा राजनीतिक दलका नेता , बुद्धिजीवी , समाजसेवी लगाएत स्थानीयकाे उपस्थिति थियोे । सहिद शिवजी तिवारी कि जेठि बुहारी शाेभा तिवारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण सहिद शिवजी तिवारी स्मृति समाजका अध्यक्ष लेखनाथ शर्माले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।