0 COMMENTS

नारीका विविध रूपहरू मध्ये सबैभन्दा श्रद्धेय रूप नै आमा हो। सुन्दा र सम्झँदा मात्र पनि सितल र आनन्द लाग्ने याे जति स्नेही र पवित्र नाता अरु कुनै छैन। आमाकै ममता, संघर्ष त्याग र सहनशीलता मा केहीका बाहेक हरेकको जीवन सुखी र पूर्ण बनेको हुन्छ। आफ्नो सन्तानको सुख अनि सफलतामा खुसी हुने र आफ्नै वरिपरि आफूसँग रमाउँदा सन्तुष्ट हुने आमा काे महिमा विभिन्न कथा पुराण, लगायत गीत, कविता अनि निबन्ध हरुमा पढेर र सुनेर जानिने भएता पनि आफैं आमा बने पछि को अनुभवले भने बुझाई अझै गहन बन्न पुग्छ।साना साना बालबच्चा र विवाहित छोरी हरुका लागि आमाको महत्व अनि जरुरी सबैलाई थाहै छ। माया खोला जस्तै तल तिर सर्दै जाने अनि समय र परिस्थिति अनुसार आफ्ना काम कर्तव्य हरु पनि थपिँदै जाने भएका ले आमाको प्रतीक्षा मा डुलाउने आँखा हरूले अरू नै कसैका बाटा हरु हेर्नु पर्ने भएता पनि आमाको माया भने घटेको हुँदैन। साथै आमाले पनि आफ्ना सन्तानहरूलाई कमजोर र सानो भनेर कुनै लाई अलि बढी स्नेह गरे पनि बराबर माया दिएकी हुन्छिन् तर छोरा छोरी हरूले बुझ्न नसकेर कहिले काँही आफूलाई भन्दा अर्को लाई बढी माया गरेको हो कि भनेर संका पनि गर्ने गर्दछन।

सहनशील को उपमा पाएकी नारी ले पनि हरेक कुरा सहन सक्ने नै भइन् तर त्यही नारी ले पनि त्यो पीडा चाई सहन सक्दिनन् जून उस्को सन्तानलाई परेको होस् भनेर शास्त्र मै पनि लेखिएकाे पाइनुले पनि मातृत्व सहजै थाहा पाउन सकिन्छ।

आमाका यतिधेरै महिमा रहेको हुँदा हुँदै पनि आजभोली का नारी हरू मा देखिएको सहनशीलताको कमी र खोज्ने हक, हित र अधिकार ले भने कति बाल बालिका हरु मातृत्व विहिन हुन पुगेका छन् भने कतिका घरबार अस्त ब्यस्त पनि हुन पुगेका छन्। हरेक नारी का पनि रहर, मन हुने अनि स्वतन्त्रता चाहिने हुन्छ अनि जरूरत पर्दा आफ्नो अधिकार र हक हित का लागि लड्नु उचित पनि हुन्छ तर त्यही स्वतन्त्रता आफ्नै लागि घातक भने हुनु हुँदैन।

यसरी सबै मानिसले समय सँगै चल्नु पर्ने र उमेर बढ्दै जाँदा आफूलाई भएको कमजोरी सँगै कति आमा हरु पनि अप्ठ्यारा बन्दै जाने गरेको र नयाँ नयाँ प्रविधि र समयको परिवर्तनले ल्याएको परिस्थितिले नयाँ पुस्ता हरूले संस्कार बिर्सदै जाने क्रम सँगै आजभोली आमा र सन्तानहरूको बीच सम्बन्धको दूरी बढ्दै गएको भएता पनि आफ्नो आमालाई सके हरेक दिन अनि नसके वर्षका धेरै दिन र त्यै पनि नभ्याए वर्षको एक दिन मात्र भए पनि माया, सम्मान र भेट्घाट गर्दा सम्बन्धको रिचार्ज हुने हुँदा आमाको मुख हेर्ने पर्व लाई विशेष बनाउनु अति उत्तम मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।