0 COMMENTS

काठमाण्डाै१६बैशाख/ माननीय उपप्रधान तथा रक्षामन्त्री  र्इश्वर पोखरेलले आज मिति २०७६/०१/१६ गते बारा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि नेपाली सेनाले सञ्चालन गर्ने अपरेशन “जनता आवास” (बारा र पर्सा जिल्ला) को स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय जनप्रतिनीधि र हावाहुरी पिडितसँग अन्तरक्रिया गर्नु भएको छ ।

हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणको क्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री पोखरेलले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रका विभिन्न १२ ठाउँमा नेपाली सेनाले १२ वटा समूह बनाएर एकै पटक घर निर्माणको काम थालनी गरि आउँदो वर्षा अगावै सम्पन्न गर्ने बताउनु भएको थियो । हावाहुरी प्रभावितका लागि नेपाली सेनाले गर्न लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत कुरा तथा राजनीतिक दवावले प्रभाव नपार्ने समेत उहाँले बताउनु भएको थियो । सोही अवसरमा प्रधानसेनापति श्री पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार हावाहुरीबाट पिडित प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालयसमेत हुने गरी दुईकोठे घर निर्माण गरिने बताउनु भएको थियो ।

उक्त निरिक्षण भ्रमण कार्यक्रममा रक्षा सचिव श्री रेश्मीराज पाण्डे, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका रथीबृन्द, माननीय उपप्रधान तथा रक्षामन्त्रीको निजी सचिवालयका स्वकीय सचिव, स्थानीय जनप्रतिनिधि, नेपाली सेनाका अधिकृतहरु, हावाहुरी पिडित र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।