0 COMMENTS

काठमाडौं, १५ बैशाख । नेपालकै नमूना आध्यात्मिक केन्द स्थापनाका लागि बहृत् योजनाका साथ नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही बैशाख २३ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंको सीतापाईला चोकमा ऐतिहासिक गीताज्ञान महानुष्ठान हुने भएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गीताज्ञान महानुष्ठान आयोजकले यस्तो जानकारी गराएको हो । उक्त गीताज्ञान महानुष्ठानबाट संकलित दातव्ययबाट निर्माणधिन बद्रि नारायण धामको निर्माण अगाडि बढाउने उद्देश्य रहेको प्रतिष्ठानका संरक्षक एवम् अध्यक्ष सुविख्यात युवावाचक वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले जानकारी दिए ।

गीताज्ञान महानुष्ठानको उद्देश्य तथा महत्वबारे प्रकाश पार्दे पण्डित पोखरेलले गीताको तार्किक व्यवहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सम्स्त ज्ञान अनुरागीहरुमा आन्तरिक जागृति पैदा गर्न पनि उक्त महानुष्ठान फलदायी हुने विश्वास दिलाए । त्यस्तै, बद्रि नारायणधामसहितको नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार प्रवाह तथा संचालन गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न टुवा पुर्याउनु अर्को उद्देश्य रहेको उनले स्पष्ट पारे ।

जयराम लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै पण्डित पोखरेलले ‘एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ’ भनेर आफूले धेरै पहिले अमेरिकाको एउटा विश्वविद्यालयमा उद्धघोष गरेको स्मरण गराउँदै अब त्यो दिन आउन लागेको सुनाए । उनले भने,‘हामीसँग वेद र बुद्ध छ । यसबारेमा जागरण ल्याउनुपर्छ ।’ मुलुक समृद्धिको आधारमा धार्मिक तथा आध्यात्मिक पर्यटनलाई पनि जोड्नुपर्ने उनको भनाई छ ।

आफूहरुको मूल उद्देश्य भनेको नै समाज जोड्ने भएकोले बद्रिनारायण धाम वेद, बुद्ध र विज्ञानको त्रिवेणी हुने उनले स्पष्ट पारे । उक्त महानुष्ठान आध्यात्म र
भौतिकवादलाई समायोजन गरेर नवज्ञान हाँसिल गरिनेपनि उनले जनाए । उनले भने,‘हिजोसम्म अध्यात्म र भौतिकवादको मिलन नै हुँदैन भनिन्थ्यो, तर हामी नदीका यी दुई किनारालाई मिलाउँछौं ।’ वेद र बुद्धको दर्शनको जन्म नेपालमा भएकोले यसलाई जागरण गराउन आफूहरु लागिपरेको पण्डित पोखरेलको भनाई छ ।
उनले उक्त अनुष्ठानमा सबै धर्मका अनुयायीहरु आउन सक्ने भन्दै बैशाख २३ गतेबाट सुरु हुने उक्त महाअनुष्ठानको ज्ञान गंगामा डुबल्की मार्न सबैलाई सहभागिताको लागि आग्रह गरे । उक्त अनुष्ठानमा खर्च न्यूनिकरणको लागि आफूहरु सजग र सचेत रहेको भन्दै धेरै ठाउँबाट सौजन्य प्राप्त भैरहेको पनि उनले जानकारी दिए ।

उक्त आध्यात्मिक केन्द्रबाट १७ वटा हिमाल एकसाथ देखिने र काजी कालु पाँडेको समाधिस्थल भएकोले उक्त केन्द्र अनुपम केन्द्र हुने पनि उनले स्पष्ट पारे ।
आध्यात्मिक तथा धार्मिक पर्यटनको नाममा विदेशिने अरवौं स्वदेशी धनराशीलाई स्वदेशमा परिचालन तथा प्रयोग गर्ने राष्ट्रव्यापी जागरण पैदा गर्नका निम्ति भक्तजनद्धारा प्रदान गरिने दानदातव्यबाट निर्माणधिन बद्रि नारायणधाम सहितको नारायण आध्यात्मिक केन्द्रको बाँकी कार्य पूरा गर्ने महानुष्ठानको अर्को उद्देश्य रहेको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव डा. विष्णु खनालले बद्रिनारायण धामको सहयोगार्थ ऐतिहाँसिक गीताज्ञान महानुष्ठानको बारेमा प्रकाश पारेका थिए । उनले उक्त केन्द्र बनाउनको लागि ५० करोडको लक्ष्य निर्धारण भएको र अहिलेसम्म १० करोड संकलन भएर निर्माण कार्यमा खर्चिएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।