0 COMMENTS

बासुदेव सेढाइ,१५बैशाख/  लिस्नाे साहित्यिक मञ्च लमजुङले अाफ्नाे प्रथम स्थापना दिवस भब्य रुपमा सम्पन्न गरेको छ । लमजुङको बेसीशहर ८ स्थित बिद्याबिकास बाेर्डिङ स्कुलमा एक बिशेश कार्यक्रमकाे अायाेजना गरिएको थियो । बिश्व वातावरण सन्तुलनकाे लागि जन्मदिनमा बृक्षराेपण अभियान अन्तरगत कार्यक्रमका प्रमुख अतिथि यबं बेसीशहर नगरपालिका उपप्रमुख लक्ष्मी देवी अधिकारीले बृक्षराेपण गरेर कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियो ।

नेपाली भाषा साहित्यकाे उत्थान , नवप्रतिभा लाई प्राेत्साहन र अग्रज साहित्यिक स्रष्टा हरु लाई सम्मान लिस्नाे साहित्यिक मञ्च लमजुङको अभियान उद्देश्य लिएर स्थापना भएको मञ्चले १ बर्षमा जिल्लामा धेरै काम गरेको छ । जिल्ला स्थित धेरै बिद्यालय मा लिस्नाे बाल साहित्य मञ्च गठन गरेको छ । माषिक रचना वाचन देखि लिएर बृक्षराेपण कार्यक्रम पनि गरेको छ । सिङ्गै लमजुङ जिल्ला लाई साहित्यकाे उर्वर भुमि बनाउने मञ्चकाे लक्ष्य छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि उपप्रमुख अधिकारीले मञ्चले जिल्लामा भाषा साहित्यकाे क्षेत्रमा महत्त्वपूर्ण काम गरेको भन्दै यसको सहयोगमा नगरपालिका काे तर्फबाट र अाफ्नाे ब्यक्तिगत तर्फबाट पनि सक्दाे सहयोग गर्ने बताउनुभयो । राज्यले अन्य क्षेत्रमा जस्तै भाषा साहित्यकाे क्षेत्रमा पनि उत्तिकै महत्त्व दिने बताउनुभयो । बिशेश अतिथि सहायक प्रमुख जिल्ला अधिकारी यबं मञ्चका सल्लाहकार काजीमान सुनारले मञ्चले जिल्लामा गरेको गतिविधि अत्यन्तै महत्त्वपूर्ण रहेको र अागामि दिनमा अझै बढ्दै जानेमा अाफु बिस्वस्त रहेको बताउनुभयो ।

लमजुङ बसाइँ काे क्रममा लिस्नाे साहित्यिक मञ्च लमजुङमा अावद्ध भएर साहित्यिक गतिविधिमा संलग्न हुन पाएकाेमा खुसि लागेको र लिस्नाे उत्तराेत्तर प्रगति उन्नतिकाे कामना गर्नुभयो । लिस्नाे प्रतिभा पुरस्कार बाट साहित्यकार मातृकाप्रसाद खनाल पुरस्कृत हुनुभएको थियोे भने बिद्यालय स्तरीय खुल्ला कबिता प्रतियोगितामा उत्कृष्ट बिद्यार्थी हरुलाई पुरस्कार बितरण गरिएको थियोे । कार्यक्रममा लिस्नाे बुलेटिन बिमाेचन , मञ्चका अाजिवन र साधारण सदस्य हरु लाई कदर पत्र बितरण गरिएको थियोे त्यसैगरी सहयोगी संस्था हरुलाई पनि सम्मान पत्र बितरण गरिएको थियोे । कार्यक्रममा जिल्लाका साहित्यकार , शिक्षक , बिद्यार्थी , पत्रकार , मञ्चका पदाधिकारी ,संघ संगठनका प्रतिनिधि लगाएतकाे उपस्थिति थियो । लिस्नाे साहित्यिक मञ्च लमजुङका अध्यक्ष रघुनाथ घिमिरेकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण मञ्चका सचिव बासुदेव सेढाईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।