वीरगन्ज१३बैशाख/ पर्साको वीरगन्ज महानगरपालिका–१० नयाँबस्तीका एक पुरुषले रक्सीसँगै विष पिएर आत्महत्या गरेका छन् । नयाँबस्ती वस्ने ५५ वर्षी बृजकिशोर वर्णवालले रक्सीसँग विषय पिएर आत्महत्या गरेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बृजकिशोरले रक्सीसँग मिलाएर विष पिएको बुझिएको छ ।उनले घरायसी समस्याका कारण आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
रक्सी र विषय पिएर अचेत अवस्थामा फेला परेका बृजकिशोरलाई उपचारका लागि नारायणी उप–क्षेत्रीय अस्प्ताल पु¥याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्