0 COMMENTS

काठमाडौं१३बैशाख/ गरिब नेपालीलाई सेवा बेचेर वार्षिक अर्बौं रुपैयाँ कमाउँदै आएको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिद–बिक्रीमा पुँजीगत लाभकर तिर्न आलटाल गरेपछि मुलुकभरबाट विरोध भएको छ।

लाभकर तिर्न अटेरी गर्ने एनसेलको विरोधमा उसका सिम प्रयोग नगर्न विभिन्न विद्यार्थी संगठनले आह्वान गरेका छन्।निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेल २०७२ सालमा बिक्री हुँदा उसले एक खर्ब ४३ अर्ब रुपैयाँ नाफा गरेको सरकारको भनाइ छ।

नाफाअनुसार कानुनले तोकेको पुँजीगत लाभकर नतिरेर एनसेलले लामो समयदेखि बहानाबाजी गरिरहेको छ। सरकारले निर्धारण गरेको लाभकर बढी भएको भन्दै एनसेलले फेरि सोमबार सर्वोच्च अदालतमा मुद्दा हालेको छ।

‘एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दासम्म यसका सिम प्रयोग नगर्नरनगराउन मातहतका सबै साथी र न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्छौं,’ अनेरास्ववियु अध्यक्ष नविना लामा, वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष रमेशकुमार पौडेल र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘२४ घन्टाभित्र एनसेलले कर नतिरेमा विभिन्न दबाबका कार्यक्रम घोषणा गरिनेछ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।