0 COMMENTS

काठमाडौं१२बैशाख/ ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो ।

डा श्रेष्ठ भन्छन्, ‘दाँतको अवस्था र डीएनए परीक्षणबाट पत्ता लगाएर शव जिम्म लगाइयो ।’ यसरी सनाखत गदाए पनि ३४ शवको सनाखत हुन सकेन । ती सबैको पोस्टमार्टम गरी सबै विवरण सुरक्षित राखेर शवलाई फरेन्सिक विभाग परिसरमै गाडियो ।

‘सनाखत नभएका शव स्टोर गर्न ४-५ फिट मुनि गाडेर राखियो । बाहिरबाट नम्बर राखियो । पछि आफन्त आएपछि ३ शव निकालेर बुझाइयो,’ उनले भने । यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।