0 COMMENTS

दाङ११बैशाख/ विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेको दाङ प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट बा. १३ प. ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभलगायतका सामग्री जफत गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए ।

पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । अमेरिकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाण्डौंलाई पत्राचार गरिएको जानकारी दिए ।

होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसहरुलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको पाइएपछि पक्राउ गरिएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।