0 COMMENTS

डडेल्धुरा११बैशाख/डडेल्धुरामा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ ।भीमदत्त राजमार्गअन्र्तगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेकाहरुको सनाखत हुन बाँकी रहेको छ ।

धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइतेहरु भएकाहरुलाई डडेल्धुरा अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।