0 COMMENTS

रुपन्देही,०९बैशाख/प्रदेश सरकार (प्रदेश नं.५) सामाजिक विकास मन्त्रालय, स्थानीय सरकार तथा बिभिन्न सामाजिक संघ संस्था एवं उद्योगी, व्यवसायीहरुसँगको सहकार्यमा श्री मध्य पश्चिम पृतना हेडक्वार्टरले ०७६ वैशाख ४ गतेदेखि ऐ. ८ गतेसम्म रुपन्देही जिल्लाको कोटहिमाई गाउँपालिका मजगावामा ५ दिने शल्य चिकित्सासहितको संयुक्त रुपमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरको नं.५ प्रदेश प्रमुख माननीय उमाकान्त झाले समुदघाटन गर्नु भएको थियो भने मध्य पश्चिम पृतनाका पृतनापति उपरथी  सिताराम खड्काले समापन गर्नु भएको थियो ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रही प्रभावकारी चिकित्सा सेवाको पहुँच पुग्न नसकेको रुपन्देही जिल्लाका कोटहिमाई, सम्मरीमाई तथा मर्चावारी गाउँपालिकालगायत आसपासका बासिन्दाहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डेन्टल सर्जरी, भिडियो एक्सरे, प्याथोलोजी ल्याब सेवासहित आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा ६८ जनाको सफल शल्यक्रिया हुनुको साथै जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, स्वास प्रश्‍वास, मानसिक रोग, हर्निया, हाईड्रोसिललगायत विभिन्न रोगका करिव ७००० (सात हजार) स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् ।

उक्त स्वास्थ्य शिविर समापन समारोहको अवसरमा शिविर संचालन भएको मर्चवार आदर्श उच्च माध्यमिक बिद्यालयको हाताभित्र नेपाली सेनाद्वारा विभिन्न जातका करिव२०१ (दुईसय एक) वटा बोट बिरुवाहरुको बृक्षारोपण गरिएको थियो भने सो शिविरको मिति ०७६/०१/०७ गते प्रधानसेनापति महारथी पुर्णचन्द्र थापाले निरीक्षण भ्रमण गर्नु भई बिरामी सम्बन्धी जानकारी तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

 यस किसिमको बृहत संयुक्त स्वास्थ्य शिविरले स्थानीय तहमा रहेका बिरामीहरुलाई निशुल्क शल्यक्रिया तथा औषधीसहितको उपचार सेवा प्रदान गरी स्वास्थ्य समस्यालाई केही हदसम्म भएपनि निवारण गर्न सहयोग सिद्ध हुन गई सैनिक-नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।