0 COMMENTS

काठमाडौं  ९ वैशाख, । काठमाडौंबाट सोलुखुम्बुको फाप्लु उडेको तारा एयरको विमान अवतरण गर्नेक्रममा चिप्लिएर झण्डै दुर्घटना हुनबाट जाेगिएको छ ।साेलुखुम्बुकाे फाप्लु विमानस्थलका लागि उडेको तारा एयरको ९ एनएकेके विमान मौसममा खराबी अाएपछि रामेछापको मन्थली एयरपोर्टमा अवतरण गर्न पुग्याे । साे क्रममा चक्का जाम भएर सामान्य दुर्घटना भएको जनाइएकाे हाे ।

अवतरणका क्रममा जहाज चिप्लिएर पश्चिमतर्फको घाँसेमैदानमा पुगेको थियाे । जहाजको अगाडिको केही भागमा सामान्य क्षति भएे पनि ठूलाे क्षति हुनबाट जाेगिएकाे हाे ।

१४ यात्रु सवार रहेका सो विमानमा कसैलाई केही भएकाे छैन । सबै यात्रुहरुलाई सकुशल उद्धार गरिएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।