0 COMMENTS

बासुदेब सेढाइ,लमजुङ,०९बैशाख/  लमजुङको बेसीशहर नगरपालिका – ११ चिति कार्किडाँडा बरवाेट बेशि स्थित दारिम डाँडामा रहेको अत्यन्तै पुरानो ऐतिहासिक भग्नावशेषकाे बारेमा पुरातत्त्व बिभागले चासो दिएपछि त्यसको संरक्षणकाे लागि समिति गठन भएको छ । पुरातत्त्व बिभागकाे टाेलिले स्थलगत निरिक्षण गरि यसको संरक्षण गर्न स्थानीय लाई अाग्रह गरेपछि यसकाे खाेज अनुसन्धान मा सक्रियता देखाएको चिति कार्किडाँडा सेवा समाज बेसीशहर का पदाधिकारी गाउँका स्थानीयहरुकाे भेला अायाेजना गरि संरक्षण समिति बनाइएकाे हाे ।

भेलाले चिति कार्किडाँडा सेवा समाज बेसीशहरका अध्यक्ष शिव सिलुवालकै अध्यक्षतामा ९ सदस्यीय सक्रिय कार्यसमिति गठन गरेको छ । संरक्षण समितिले दारिमडाँडामा भएको भग्नावशेष संरक्षण र त्यसलाई ऐतिहासिक र पर्यटकीय ठाउँ बनाउनकाे लागि अावस्यक पहल गर्नेछ । ऐतिहासिक ठाउँ भएपनि खासै चासो नभएको त्याे ठाउँकाे प्रचारप्रसार पछि चर्चा चलेको छ । दरवार हाे वा अरु कुनै भग्नावशेष जेसुकै भएपनि यसकाे ईतिहास पुरानो रहेकोले अावस्यक अनुसन्धान पछि पत्ता लाग्ने पुरातत्त्वले जनाएको छ । दारिमडाँडाकाे दरवार संगै चिति रामचाेक गाउँमा रहेको गढि कालिका बेशिमा रहेको त्रिवेणी धाम र तिलाहारकाे सिद्देश्वाेर महादेव मन्दिर पनि ऐतिहासिक र पर्यटकीय स्थान बन्न सक्ने स्थानीय बताउछन् ।

बेसीशहर नगरपालिका – ११ चिति लाई ऐतिहासिक र पर्यटकीय ठाउँ बनाउन वडा कार्यलय , चिति भित्रका सबै संग संगठन , चिति बाट बाहिर गएर बसाेवास गर्ने हरुका संघ संस्था , चिति भित्र वा बाहिरका सबै बुद्धिजीवी , समाजसेवी , राजनीतिक नेता , लगाएत सबै चिति बासिहरु एकजुट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।