काठमाण्डाै०६बैशाख/सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले आयोजना गरेको वन्यजन्तु सप्ताह अनुसार २०७६ बैशाख १ गते शुरु भएको नाम्चे स्थित सगरमाथा हिमाल सफाई अभियान कार्य नेपाली सेना लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुको संयुक्त प्रयासमा संचालन भैरहेको छ ।
सोहि अभियानको लागि आबश्यक पर्ने बन्दोबस्तीका सामानहरु करिब २५०० के.जी. मिति २०७६बैशाख०५ गते नेपाली सेनाको MI 17 हेलिकप्टरबाट काठमाण्डौदेखि नाम्चेसम्म ढुवानी गरिएको थियो । खुम्बु क्षेत्रमा संकलित करिब १,००० (एक हजार) के.जी. नगल्ने/नसड्ने फोहोर काठमाण्डौ ल्याई BLUE
WASTE to VALUE प्रा.लि. का प्रतिनिधिलाई सोहि मितिमा नेपाली सेनाद्वारा हस्तान्तरण गरिएको र बाँकि १,००० (एक हजार) के.जी. नगल्ने/नसड्ने फोहोरलाई उचित व्यवस्थापन गर्ने गरि ओखलढुङ्गा ब्यारेकमा लगेर राखिएको ।
प्रधानसेनापतिको “कमाण्ड मार्ग निर्देशन २०७५” अन्तर्गतको पर्यावरण संरक्षणमा राष्ट्रलाई सहयोग गर्ने नीति अनुरुप सफा हिमाल अभियान कार्यक्रम अनुसार मिति २०७६जेष्ठ१५ गतेसम्म संचालन हुने सगरमाथा हिमाल सफाई अभियानमा बन्दोबस्ती कार्यको लागि नेपाली सेनाले आवश्यक जनशक्ति तथा हवाई साधनहरु प्रयोगमा आवश्यक सहयोग प्रदान गर्ने छ । यस किसिमका सफाई अभियानबाट सगरमाथा खुम्बु क्षेत्र सफा हुन गई यसले वातावरण प्रदुषणमा उल्लेख्य सुधार भई अन्तर्राष्ट्रिय जगतमा समेत राम्रो प्रभाव पर्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।