0 COMMENTS

काठमाण्डाै२९चैत्र/ नेपाली सेनाले २०७५ चैत्र २५ गते ‘लिबियाको विकसित परिस्थिति सम्बन्धमा’ जारि गरेको प्रेस नोट अवगत नै छ । यद्यपी केही आमसञ्चार माध्यमले यथार्थलाई नजर अन्दाज गर्दै नेपाली सेनाको हवाला दिएर अफ्रिकी राष्ट्र लिवियामा तैनाथ नेपाली शान्ति सैनिक त्यहाँबाट हट्न लागेको भनि भ्रामक समाचार संप्रेषण गरेको प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

 हाल United Nations Support Mission in Libya (UNSMIL) मिशनको मिशन हेड क्वाटरको सुरक्षाको जिम्मेवारी त्यहाँ कार्यरत नेपाली शान्ति सैनिकको रहेको छ । अन्तर्राष्ट्रिय समुदायको नेपाली शान्ति सैनिक प्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको छ । तसर्थ, मिशन हेड क्वाटर लिबियामा नै रहेको अवस्थामा नेपाली शान्ति सैनिक लिबियाबाट फिर्ता हुन लागेको भनि संप्रेषित आधारहिन समाचारबाट दिग्भ्रमित नहुन भन्दै  नेपाली  सेना द्वारा प्रेस बीज्ञप्ती जारी गरेकाे छ  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।