0 COMMENTS

काठमाण्डाै२९चैत्र/प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मध्य पृतना हेडक्वार्टरले मकवानपुर जिल्लाको ढुङ्गेगढी ईलाकामा भविश्यमा आईपर्ने आन्तरिक सुरक्षा चुनौतिहरुलाई दृष्टिगत गरि सञ्चालित फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण गर्नु भएको छ ।

 निरीक्षणको क्रममा प्रधानसेनापति  थापाले अभ्यास ईलाकाको स्थलगत निरीक्षण गरी उक्त अभ्यासमा सहभागी भएका फौजहरुले गरेको प्रदर्शनहरुको अवलोकन गर्नु भएको थियो । सोही क्रममा प्रधानसेनापति  थापाले सकलदर्जालाई सम्बोधन गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

निरीक्षण भ्रमण पश्चात उहाँ आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।नेपाली सेनाले यस प्रकारका फिल्ड ट्रेनिङ्ग अभ्यासहरु नियमितरुपमा संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।