0 COMMENTS

काठमाण्डाै२९चैत्र/ नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५ चैत्र २५ गतेको निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति हुनु भएका सेना प्राड विवाकका प्राड सहायक रथी  रत्न प्रकाश थापालाई आज चैत्र २९ गते जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले प्राड उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
 साथै, प्राड उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राड उपरथी रत्न प्रकाश थापालाई सोही विवाकको जिम्मेवारी दिईएको छ । उक्त दर्ज्यानी चिन्ह प्रदानको
कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।