0 COMMENTS

काठमाडौं, २७ चैत/ बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता (पिपिए) भएको छ ।  ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्यदरमखोलाबाट विधुत उत्पादन गरी वितरण गर्ने गरी नेपाल विधुत प्राधिकरण र धौलागिरी सिभिल इलेक्ट्रिकल मेकानिकल इन्जियनियरीङ ( धौलागिरी सेम) प्रा.लि. बागलुङविच मंगलवार विधुत खरिद विक्री समबन्धि सम्झौताा (पिपिए) भएको हो ।
धौलागिरी सेम प्रा.लि.द्धारा प्रवद्र्धित मध्य दरमखोला ए साना जलविधुत आयोजना (३ मेगावाट) र मध्य दरमखोला वि साना जलविधुत आयोजना ( ४.५मेगावाट) र नेपाल विधुत प्राधिकरण विच विधुत खरिद विक्री सम्झौता भएको नेपाल विधुत प्राधिकरणले जनाएको छ । सम्झौता पत्रमा नेपाल विधुत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र धौलागिरी सेम प्रा.लि.का अध्यक्ष हरिनारायण गौतमले हस्त्ताक्षर गरेका छन । सम्झौता अनुसार प्रवद्र्धक कम्पनी धौलागिरी सेम प्रा.लि.ले दुवै आयोजनाबाट वि.सं.२)७८ जेठ ३ सम्ममा विधुत उत्पादन गरी नेपाल विधुत प्राधिकरणको हरिचौर सवस्टेशनमा जडान गरिने छ । मध्य दरमखोला ए (३ मेगावाट) को ब्यापारिक विधुत उत्पादन मिति वि.सं.२)७७ चैत ३ र मध्य दरमखोला वि (४.५ मेगावाट) को विधुत उत्पादन मिति वि.सं.२)७८ जेठ ३ रहेको छ  । दुवै आयोजना स्थानीय लगानी र प्रभु बैँकको ऋण सहयोगमा समपन्न गरिने छ . दुवै आयोजनाको पिपिए टेक अर पे को नीतिमा गरिएको अध्यक्ष गौतमले वताए ।

दुवै आयोजनाबाट उत्पादित विधुतलाई नेपाल विधुत प्राधिकरणले सुख्खा याम (पौषदेखि चैतसम्म) मा प्रति युनिट ८ रूपैयाँ ४) पैसा देखि ) रूपैयाँ ४२ पैसामा खरिद गर्नेछ । बर्षा याम (बैशाखदेखि मंसिरसम्म) मा प्रति युनिट ४ रूपैयाँ ८) पैसादेखि ५ रूपैयाँ (५ पैसासम्ममा खरिद गर्नेछ । दुवै आयोजनाबाट बार्षिक ४ करोड ४५ लाख  ३ हजार २ सय ६( यूनिट विधुत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।