0 COMMENTS

ताप्लेजुङ२७चैत्र/ तीर्थयात्री चढेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। पाथीभरा दर्शन गरी फर्किएका मे १ ज १४८६ नम्बरको भ्यान राति दश बजेतिर ताप्लेजुङको सुकेटार विमानस्थल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते मध्ये पाँचको अवस्था गम्भीर रहेको र उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङबाट रिफर गरिएको छ ।अन्य ६ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरु सबै बारा निजगढका भएको बताइएको छ । प्रारम्भिक अध्ययन अनुसार कच्ची सडक र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।