0 COMMENTS

बैतडी २६चैत्र/ सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।

यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।