0 COMMENTS

काठमाडौं२६चैत्र । अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहा रहेका अमेरिकी फौजलाई अस्थायी रुपमा अन्यत्र सारिएपछि सुरक्षाको जिम्मा नेपाली सेनाको काँधमा आएको छ । द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रले रिभर्ज फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ ।

लिबियाको अवस्था एक्कासी बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मीलाई त्रिपोलीबाट अन्यत्रै सारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वाराजले पुष्टि गरेकी छिन् ।

राजधानी त्रिपोलीमाथि कब्जा जमाउने उद्देश्यले विद्रोहीले आक्रमण थालेपछि निम्तिएको संकटले अमेरिकी र भारतीय शान्ति सैनिक अन्यत्रै सारिएका पनि नेपाली सेनालाई भने थप जिम्मेवारी दिइएको छ ।

हाल विद्रोहीले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई No Fly Zone घोषणा गरेतापनि त्रिपोलीबाट ट्युनिशियामा जाने सडकमार्ग चालु अवस्थामा नै रहेको छ ।

त्यहा तैनाथ United Nations Support Mission in Libya (UNSMIL) मिशनमा कार्यरत केही स्टाफहरुलाई उक्त मिशनले सडकमार्गको प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिशियामा पठाउने कार्य शुरु गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत
मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा नै रहेका छन् ।

मिशन हेडक्वार्टर तथा मिशन हेडक्वार्टरमा कार्यरत रहेका UN Staff हरुको सुरक्षाको जिम्मा संयुक्त राष्ट्रसंघिय शान्ति स्थापनार्थ United Nations Support Mission in Libya (UNSMIL) अन्तर्गत त्रिपोलीमा तैनाथ नेपाली शान्ति सैनिकले गरिरहेका छन् । उक्त मिशनमा कार्यरत रहेका २३१ जना नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।