0 COMMENTS

काठमाडौँ २५ चैत्र/ टोखा नगरपालिका–५ वसुन्धरामा सकेट बम फेला परेको छ । वसुन्धरामा रहेको ‘द वल्र्ड कल्चर आर्ट एशोसिएशन अफ नेपाल’को कार्यालयमा लुकाएर राखिएको अवस्थामा उक्त बम फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बम राखेको गोप्य सूचनाका आधारमा प्रहरीले वसुन्धरास्थित ओसिस क्याफेपछाडि रहेको जीतमान गुरुङको घरमा रहेको अफिसमा उक्त बम फेला परेको हो । प्रहरीले सोधपुछ तथा अनुसन्धानका लागि प्रकाश सुवेदीसहित पाँच जनालाई पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको वृत्तका प्रमुख प्रसाईंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।