0 COMMENTS

मिलन चाम्लिङ,धरान २५चैत्र/  धरान–१३ जिरोपोइन्टमा भएको दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा बस चालक धरान–८ का चक्रबहादुर गुरूङ मोरङको केराबारी–९ की यामकुमारी मगर र उनकी ७ महिनाकी छोरी डिना मगर, धनकुटा चौबिसे–१ का ५७ वर्षीय दलबहादुर मगर रहेका छन् । दुर्घटनामा परी बसमा सवार ३९ जना यात्रु घाइते छन् । सोमबार धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट ८ः१५ बजे बस छुटेको थियो । बसमा क्षमता भन्दा बढी यात्रु रहेको र बसको ब्रेक फेल भएका कारण बस दुर्घटनामा परेको यात्रुले बताएका छन् । ‘धरानको सारङ्गा होटल छेउदेखि नै बसका चालक अलि डराएका जस्ता देखिन्थे साथै स्टाफसँग खासखुस गर्दै थिए’, बीपी प्रतिष्ठानमा उपचार गराइरहेकी सुस्मिता सम्वाहाम्फेले भनिन्, ‘तर जिरोप्वाइन्टमा आएपछि बस अर्कै बाटोमा मोड्न खोजेपछि बिजुलीको पालमा ठोक्किन पुग्यो ।’ घाइते सबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेमध्ये चारजना गम्भीर छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।