0 COMMENTS

पोखरा२४चैत्र/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपल्व समुहलाई राजनीतिको मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । देशमा हिंसात्मक गतिविधि बढाएको कुरा प्रति केन्द्रित हुँदै उनले अब विप्लवलाई मुलधारमा ल्याइने कुरा बताएका हुन् ।

शनिबारदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा जारी दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन आएका मन्त्री थापाले आज (आइतबार)पत्रकारहरूसँग कुरा गर्दै यो कुरा बताएका हुन् । शान्ति सुरक्षाका लागि विप्लवसँग वार्ता गर्नु आवश्यक रहेको तिर संकेत गर्दै उनले अब विप्लवलाई मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका हुन् ।

त्यस्तै उनले जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको बताउँदै वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएका छन् । यसबारे कुनै अन्य शंका नर्गन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।