0 COMMENTS

काठमाडौं२१चैत्र/ सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको सुविधाका लागि एक पछि अर्को फिचर थप्ने क्रम जारी राखेको छ । हालै फेसबुकमा ‘टेक्ट’लाई बोल्ड र इटालिक बनाउने व्यवस्था पनि थपिएको हो।

यो व्यवस्था तत्कालका लागि फेसबुक पेज र आफ्नो व्यक्तिगत होम पेजमा नभए पनि फेसबुक ग्रुपमा भने उपलब्ध छ ।अहिले कुनै पनि ग्रुपमा आफूले लेखेको कुरालाई बोल्ड र इटालिक बनाउन सकिन्छ । कुनै पनि टेक्स फेसबुकको कुनै ग्रुपमा लेख्नुभयो भने त्यसलाई सेलेक्ट गर्दा बोल्ड र इटालिक कस्तो बनाउने भन्ने माइक्रोसफ्ट वर्ड फाइलमा जस्तै अप्सन देखापर्छ । जसबाट प्रयोगकर्ताले आफू अनुकूलको बनाउन सक्नछन् ।

यसअघि बोल्ड बनाएर कपी गरिएको टेक्ट पेस्ट गर्दा अटो रुपमा नर्मल बन्थ्यो । अहिले बोल्ड गरिएको वर्ड फाइलको टेक्स फेसबुक ग्रुपमा पेस्ट गर्दा बोल्ड नै देखिन्छ । इटालिक बनाएर पेस्ट गर्दा इटालिक नै बन्छ ।त्यतिमात्र नभएर फेसबुक ग्रुपमा अर्को हेडिङ वान, हेडिङ टू, बुलेट एण्ड नम्बरिङ, शो–हाइड अप्सनको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।