0 COMMENTS

दमक२१चैत्र/नेपालको पुर्वी नाँका मेचीनगरको काकडभिट्टामा भारतले सिलगुढी र बागडुग्राको दुरी सहितको पीलर गाडेपछि युवा संघ झापाले यसलाइ तोडिदिने चेतावनी दिएको छ ।

नेपालतर्फ भारतीय कोड सहित पक्की पीलर गाडिएको पाईएको छ ।नेपालतर्फ पुलवारी पीलर गाडिदा समेत छेउ मै रहेको प्रहरी मुकदर्शक बनेको स्थानीयहरुले बताएकाछन् ।

युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाइ २ बजेसम्मको समय दिइएको र त्यसलाइ नफोरे आफुहरु फोरिदिने बताए ।

यो सरासर भारतीय ज्यादती र हेपाइ हो, यो सहने कुरा आउदैन, भण्डारीले भने ।उनले आफुहरु गएर अहिले पनि फोर्न सक्ने जनाउदै केहि समय प्रशासनलाइ कुर्ने उल्लेख गरे ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भारतले यसरी नेपालतर्फ पीलर गाड्न नपाउने बताए ।आफुलाइ यस बिषयमा जानकारी नभएकाले बुझ्नका लागि लगाइएको पनि जनाए ।उनले प्रशासन यस बिषयमा गम्भिर भएको जनाउदै बुझेर तत्कालै त्यसलाइ हटाउन प्रयत्न गरिने समेत उनको भनाइ रहेको छ ।समाचार स्राेतः सवाल नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।