0 COMMENTS

काठमाडौँ१९चैत्र / बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो । त्यसको केही समयअघि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन ।

सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील मौसम प्रणाली हालसम्मकै शक्तिशाली रहेको जनाइएको छ । त्यसको गति ९० किलोमिटर प्रतिघन्टा भन्दा बढी रहेको महाशाखाको भनाई छ । हवाई उड्डयनका लागि सिमरा विमानस्थलमा जडित मौसम स्टेसनले पनि हावाहुरीको पूर्वसंकेत गर्न सकेन । महाशाखाका अनुसार हावाहुरीको छुट्टै अनुमानका लागि आवश्यक पद्धति र उपकरण नेपालमा छैनन् । महाशाखाले मेघ गर्जनसहित वर्षा हुने अनुमान मात्र गर्ने गरेको छ ।

महाशाखाका अनुसार हावाहुरी आउने पूर्वानुमान गर्न राडार नेटवर्क टेक्नोलोजी, विविध टेक्नोलोजी र इनसेम्बर वेदेर फोरकास्टिङ (संख्यात्मक मौसम पूर्वानुमान पद्धति) आवश्यक पर्ने मौसमविद् सुजन सुवेदीले बताए । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।